उपत्यकामा निषेधाज्ञा : अन्तर्राष्ट्रिय उडानमार्फत आवतजावत गर्ने यात्रु यसरी पुग्न सक्छन् गन्तव्यमा

 जेठ १९, २०७८ बुधबार १६:४६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निषेधाज्ञाको समयमा पनि अन्तर्राष्ट्रिय उडानमार्फत विदेश आवतजावत गर्नेहरूलाई जानेहरूलाई सिधै विमानस्थल जान पाइने भएको छ ।

हवाई टिकट, पासपोर्ट र भिसा हुनेहरूलाई सिधै विमानस्थल जाने सवारी साधनको सहजीकरण गर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । 

काठमाण्डौ उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । काठमाण्डौ उपत्यकामा लगाइएको निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएको छ । आज बसेको काठमाण्डौ उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थपेर जेठ मसान्तसम्म बढाउने निर्णय गरेको हो । 

यस पटक थपिएको निषेधाज्ञामा प्रावधानहरू केही खुकुलो बनाइएको छ । यसअघि थपिएको निषेधाज्ञामा खाद्यान्नका पसलसमेत सञ्चालन गर्न रोक लगाइएकोमा यस पटकको निषेधाज्ञामा खाद्यान्न पसल पनि खोल्न पाइने भएको छ।

विदेशबाट हवाई उडानमार्फत नेपाल आएका यात्रुहरूलाई क्वरेण्टीनका लागि होटेलसम्म लैजाने र १० दिनको होटेल क्वरेण्टीन पूरा गरेका यात्रुलाई घरसम्म जानका लागि लागि सीसीएमसीले नै सहजीकरण गर्नेछ । खाडीका ६ देश र मलेसियाबाट आउने यात्रुले अनिवार्य रूपमा पाँच दिन होटेल क्वरेण्टीनमा बस्नुपर्छ । 


कोरोना सङ्क्रमण रोकथामका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको हो ।  

नयाँ मापदण्डमा खाडीका देश र मलेसियामा श्रम गरी स्वदेश फर्कने नेपालीले पाँच दिन होटेल क्वरेण्टीनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वरेण्टीनमा बस्ने गरी सम्बन्धित गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ । 

मंगलबारदेखि सरकारले नेपाली श्रमिकको खाडीको मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट नियमित उडान खोलेको छ । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ नै उडानमा प्रतिबन्ध नै लगाइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया