विदेशबाट आउनेका लागि  तोकियो ७८ होटल क्वरेण्टीन(सूचीसहित)

 जेठ १९, २०७८ बुधबार १९:१५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले विदेशबाट फर्कने यात्रुका लागि नयाँ मापदण्डसहित ७८ वटा होटललाई क्वरेन्टीन होटल तोकेको छ । 

सरकारले कतार, टर्की र चिनबीच सातामा एक पटक उडान खोलेसँगै पर्यटन विभागले ७ वटा पाँचतारे, चार तारे ३ वटा, तीन तारे ७ वटा, २ वटा रिसाेर्टसहित नयाँ होटल क्वरेण्टीनको सूची सार्वजनिक गरेको हो । विभागले यसअघि भारतबाट आउने यात्रुका लागि तोकिएको  ८ होटललाई पनि यही सूचिमा समावेश गरेको छ । 

क्वरेण्टीन स्थलका रूपमा प्रयोग हुने होटल कम्तीमा २० कोठा भएको हुन पर्नेछ । सरकारले खाडीका देश र मलेसियाबाट रोजगारी गरी फर्किएकालाई पाँच दिन र अन्य देशबाट फर्कनेका लागि १० दिनको होटल क्वरेण्टीन अनिवार्य गरेको छ । 

क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैँचा हुनुपर्छ ।

होटलको कोठामा टिभी, वाईफाईको सुविधा अनिवार्य गरिएको छ । अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्थाका साथै होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्ने मापण्डमा उल्लेख गरिएको छ । होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना सङ्कलनका लागिसमेत पर्याप्त स्थान भएको हुनुपर्ने सर्त राखिएको छ ।

हेर्नुहोस् होटलको सूची

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Yogendra Adhikari

    June 4, 2021, 8:47 a.m.

    पैसा धुत्ने मेलो बाहेक अरु देखिएन, बिदेश बाट नै पि सि आर चेक गरेर हातमा रिपोर्ट लिएर आएको हुन्छ. त्यस्तो ब्यक्तिलाइ सिधै घर जाने ब्यवस्था मिलाउन नसक्नु नै लुट्ने योजना हो 101%🙄

  •  0 Reply

तपाईको प्रतिक्रिया