चुरेको ढुङ्गा, बालुवा बेच्नु भनेकाे खरानीको व्यापार गर्न घर जलाएजस्तै हो : कांग्रेस

 जेठ १९, २०७८ बुधबार १९:१३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको देशका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिनुभएको हो ।

चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको कांग्रेसले बताएको छ । विगतमा चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिँदा त्यसले पानीका स्रोतहरू सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएको स्मरण गराउँदै कांग्रेसले अहिले सरकारले प्रकृतिविरुद्धको अपराध र देशको तराई–मधेश क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र गरेको बताएको छ ।

देशले वर्षाैँदेखि व्यापार घाटा बेहाेरिरहेको सत्य भए पनि त्यसलाई घटाउन देशलाई दीर्घकालीन असर पर्ने कदम चाल्नु स्वीकार्य नहुने र यो उचित विकल्प नभएको कांग्रेसले जनाएको छ । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया