दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
इलाम – कोरोना भाइरसको सङ्क्रमणको कारण समस्यामा परेका इलामेलीलाई लक्षित गरी अमेरिका, क्यानडा र ब्रुनाईबाट झण्डै १९ लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको छ ।
यी देशमा बसिरहेका नेपालीहरूले रकम सङ्कलन गरी १८ लाख ९७ हजार ६ सय ७५ रुपैयाँ बराबरको आर्थिक सहयोग इलाममा पठाएका हुन् ।
जसमा अमेरिका र क्यानडाबाट जम्मा सङ्कलित रकममा १७ लाख ६४ हजार छ सय ७५ रुपैयाँ र ब्रुनाईमा बस्दै आएकी इलाम नगरपालिका ७ की रुबी रानाबाट एक लाख ३३ हजार रुपैयाँ रहेको छ ।
अमेरिकामा रहेका नेपाल पत्रकार महासङ्घ इलामका पूर्व कोषाध्यक्ष माधव गुरुङ, गायक रोशन गुरुङ, शेखर गुरुङ, रविन श्रेष्ठ र बालकुमारी घिमिरेको अगुवाइमा अमेरिकामा रहेका इलामेलीहरुबाट रकम सङ्कलन गरी नेपाल पठाइएको हो । प्राप्त रकम ‘इलामेहरुको पीडामा मलहम पट्टी’ अभियान अन्तर्गत इलाम उद्योग वाणिज्य सङ्घको खातामा आएको अभियन्ता निरोज खड्गीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्राप्त आर्थिक सहयोगले इलाम अस्पताललाई पाँच थान ट्रमा बेड खरिद गरेर हस्तान्तरण गरिने र बाँकी रकमले इलाम अस्पतालको सेवालाई भरपर्दो बनाउने योजना छ ।
स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिसँग छलफल गरेर इलामको जनशक्ति व्यवस्थापनदेखि आवश्यक सामग्री व्यवस्थापनमा बाँकी रकम खर्च गरिने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।