खाेप लगाएकाहरुलाई आफ्नो देश प्रवेश गर्न दिने कुवेतको तयारी

 जेठ २०, २०७८ बिहीबार १५:४४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

कठमाण्डौ – खाडी देश कुवेतले कोरोना विरुद्धको खाेप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ ।

कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खाेप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिने त्यहाँका स्थानीय पत्रिकालाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ । कुवेतले केही दिन पहिले बायोएनटेक, मोडेर्ना, अक्सफोर्ड एस्ट्राजेनिका, जोनसन जोनसन खाेपलाई मान्यता दिएको छ । अब यी खाेप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिइने जनाइएको हाे ।

कोरोना महामारीको संक्रमण फैलिएसँगै कुवेतले गएको जनवरीदेखि नै आफ्ना नियमित उडानको ८० प्रतिशत उडान घटाएर दैनिक एक हजार यात्रु संख्या तोकेको थियो ।  गैर कुवेतीहरुलाई प्रवेशमा कडाइ गरेको थियो । तर मे २२ देखि भने यात्रुसंख्या बढाएर दैनिक पाँच हजार ताेकेकाे छ । जुनको अन्तिमदेखि कुवेतले आफ्ना सबै उन्तर्राष्ट्रिय उडानहरु बिस्तारै खोल्दै जाने पनि स्थानीय पत्रिकाले लेखेका छन् । 

कुवेतले मे १० देखि नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने सबै व्यवसायिक उडानहरूमा प्रतिबन्ध लगाएको छ । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउँदैनन् तर अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको खण्डमा भने कुवेत प्रवेश गर्न सक्छन् । तर अफिसियल, कूटनीतिक नियोगका कर्मचारी लगायतलाई भने स्वास्थ्यका मापदण्ड पालना गरेर सजिलै प्रवेश गर्न सक्छन् । 

कोरोना विरुद्धकाे खाेप लगाएको खण्डमा प्रतिबन्ध लगाएका देशबाट आउने यात्रुको प्रवेशलाई पनि अनुमति दिने सक्ने गल्फ न्युजले जनाएको छ । तर यसबारेमा कुनै यकिन निर्णय भने भइसकेको छैन ।
 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया