कोरोनाको नयाँ 'भेरियन्ट' भेटिएको दाबी गरिएकोबारे नेपालले बेलायतसँग माग्यो जानकारी

 जेठ २०, २०७८ बिहीबार १६:४७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले नेपालमा कोरोना भाइरसको नयाँ 'भेरियन्ट' भेटिएको दाबी गरिएकोबारे बेलायत सरकारसँग जानकारी मागेको छ । बेलायतकाे पत्रिका 'डेली मेल' ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दाबीसहित समाचार सामग्री प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको हाे ।

नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो । नेपालमा नयाँ भेरियन्ट भेटिएको बेलायती सञ्चारमाध्यमको दाबीबारे हामीलाई कुनै जानकारी छैन भन्दै उहाँले नेपालमा अल्फा र डेल्टा भेरियन्ट मात्र भेटिएको प्रष्ट पार्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ ।

 सम्बन्धित समाचार

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया