एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

 जेठ २०, २०७८ बिहिबार २०:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एमाले) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे चार बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । स्थगित गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगित गरिएको हो ।

यसअघि बुधवार दिउँसाे चार बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया