शङ्खरापुर नगरपालिकामा अनलाइन विधिबाट कक्षा आठको परीक्षा सुरु

 जेठ २१, २०७८ शुक्रबार १९:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौको शङ्खरापुर नगरपालिकाले अनलाइन विधिबाट कक्षा आठको परीक्षा सुरु गरेको छ । आउँदो २५ गते सम्पन्न गर्ने गरी अनलाइन विधिबाट परीक्षा सुरु गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक बौद्धराज निरौलाले जानकारी दिनुभयो ।

आज दुई वटा विषयको परीक्षा सम्पन्न गरेको र परीक्षामा ९१ प्रतिशत विद्यार्थी सहभागी भएका निरौलाले जानकारी दिनुभयो । छुटेका विद्यार्थीहरूका लागि पनि अनलाइन वा सम्भव नभएमा अरू विधिबाट सहभागी गराउने उहाँले बताउनुभयो ।

नगरपालिकालको शिक्षा शाखाबाटै नियन्त्रण हुने गरी अनलाइन प्रविधिबाट विद्यार्थीहरूलाई जोडेर प्रश्न पठाउने र तोकिएको समयभित्र उत्तर पठाइ सक्नुपर्ने व्यवस्था गरिएको छ । प्रयोगात्मक नम्बर सम्बन्धित विद्यालयले पठाउने र प्रयोगात्मकबाहेकको पूर्णाङ्कलाई एक सय मानेर त्यसको ५० प्रतिशतका लागि नगरपालिकाले अनलाइन परीक्षा लिएको हो । ५० प्रतिशत भने  विद्यालयले यसअघि लिएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाको प्राप्ताङ्ककाे आधारमा नम्बर उपलब्ध गराउने व्यवस्था गरेको शिक्षा शाखा प्रमुख निरौलाले बताउनुभयो ।

शङ्खरापुर नगरपालिकामा रहेका २१ वटा विद्यालयमा गरी कक्षा आठमा अध्ययन गर्ने चार सय ७० जना विद्यार्थी छन् । नगरपालिकाको शिक्षा शाखाबाटै अनलाइन पद्धतिबाट जिल्लास्तरीय परीक्षा लिने आफ्नो नगरपालिका पहिलो भएको भन्दै प्रमुख निरौलाले परीक्षामा विद्यार्थीको सहभागिता र हौसलाले आफू उत्साहित भएको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया