गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गयाे

 जेठ २३, २०७८ आइतबार १३:७:७ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखाको पालुङटार नगरपालिका-९ बिर्दीबजार नजिकै भएको ट्र्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएकाे छ । दुर्घटनामा परि धादिङको दार्खा घर भएका २० वर्षका याकुब तामाङको ज्यान गएकाे डीएसपी प्रकाश दाहालले बताउनुभयो ।

ग १ त ४२७८ नम्बरको ट्र्याक्टर गएराति पौने १० बजेतिर सडकबाट १० मिटर तल खस्दा उनको घटनास्थलमै ज्यान गएकाे उहाँले जानकारी दिनुभयो । खोप्लाङको मसानेठाँटीबाट बिर्दीतर्फ गइरहेको खाली ट्र्याक्टर दुर्घटना भएको हो ।

मृतकको शव घटनास्थलमै छ । उनका आफन्त धादिङबाट घटनास्थलमा आइपुगेका छन् । उनीहरुले ट्र्याक्टर धनीसँग घटनास्थलमै कुरा गरेपछि मात्रै शव उठाउने अडान लिएका छन् । ट्र्याक्टर  र चालक प्रहरी नियन्त्रणमा रहेको डीएसपी दाहालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया