मेसुले अस्पतालका कर्मचारीलाई निजी काममा लगाएकाे आराेप, प्रजिअलाई ज्ञापनपत्र

 जेठ २३, २०७८ आइतबार १४:५२:४७ | किरण लोहनी
unn.prixa.net

गाेरखा अस्पताल

गोरखा – गोरखा अस्पतालका कर्मचारीहरूले मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डाक्टर शान्ति भुर्तेललाई निलम्बन गरी कारबाही गर्न माग गरेका छन् । अस्पताल विकास समिति कर्मचारी युनियनको इकाइ समितिले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शालिग्राम शर्मा पौडेललाई आइतवार ज्ञापनपत्र बुझाउँदै अस्पतालको कार्यस्थलमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि मेसु भुर्तेलले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । 

अस्पताल प्रमुखबाट स्वास्थ्यकर्मीहरूलाई धाकधम्की दिने तथा विभेदपूर्ण शब्द प्रयोग हुने गरेको भन्दै कर्मचारी युनियनले प्रेस विज्ञप्ति पनि प्रकाशित गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा मेसु भुर्तेलले गरेका गलत काम भन्दै १० बुँदे विवरण पनि उल्लेख गरिएको छ । 

अस्पतालको गाडी निजी काममा प्रयोग गरेको, कर्मचारीलाई समयमा तलब तथा सेवा–सुविधा नदिएको, अस्पताल मातहतका कर्मचारीलाई निजी काममा लगाएको जस्ता आरोप विवरणमा उल्लेख गरिएकाे छ । यही व्यहाेराकाे पत्र कर्मचारी युनियनले अस्पताल व्यवस्थापन समितिलाई पनि बुझाएको छ । कर्मचारीले लगाएका आरोपबारे बुझ्नका लागि धेरै पटक सम्पर्क गर्दा पनि उहाँको फोन उठेन ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले अस्पतालको विवादलाई आन्तरिक रूपमै मिलाउनु पर्ने बताउनुभयो । महामारीका बेला विवाद गर्नुभन्दा अस्पताल व्यवस्थापन समिति लगायतसँग छलफल गरी समस्या समाधान गर्नुपर्नेमा उहाँको जोड छ । यद्यपि अस्पताल व्यवस्थापन समिति र मेडिकल सुपरिन्टेन्डेन्टसँग छलफल गर्ने उहाँले बताउनुभयो । गोरखा अस्पताल प्रदेश अन्तर्गत रहेको छ ।   

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया