गर्मी बढ्दै : तराईको तापक्रम ३८ डिग्री सेल्सियस नाघ्यो, काठमाण्डौकाे तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान

 जेठ २४, २०७८ सोमबार ६:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मौसम सफा भएसँगै देशका सबैजसो ठाउँमा गर्मी बढेको छ । तराईका जिल्लाको तापक्रम ३८ डिग्री सेल्सियस नाघेको छ । यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी हिजो भैरहवाको तापक्रम ३८ दशमलव ६ डिग्री सेल्सियस पुगेको हो ।

अस्ति भैरहवामा ३७ दशमलव ८ डिग्री सेल्सियस पुगेको तापक्रम हिजो बढेर ३८ दशमलव ६ डिग्री पुगेको हो । भैरहवा, सिमरा, नेपालगञ्ज र जनकपुरको तापक्रम हिजोभन्दा आज बढ्ने मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाले आज तराईका जिल्लाको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा पनि गर्मी बढेको छ । केही दिनदेखियता काठमाण्डौको तापक्रम बढेर ३०–३१ को हाराहारीमा पुग्ने गरेको छ । अस्ति काठमाण्डौको तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस थियो भने हिजो ३१ डिग्री सेल्सियस पुगेको थियो । आज काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।

मौसम सफा भइ दिनभर घाम लाग्दा गर्मी बढेको हो । मनसुनी गतिविधि सुरु भएपछि फेरि तापक्रम घट्ने मौसमविद्ले बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रिने गर्दछ । 

यसपालि समयमानै मनसुन भित्रने मौसमविद्को अनुमान छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने अध्ययनले देखाएको छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया