भोलिदेखि सुरु हुने खोप अभियानमा काठमाण्डौका सबै वडामा खोप केन्द्र निर्धारण (सूचीसहित)

 जेठ २४, २०७८ सोमबार १२:५९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकासहित काठमाण्डौका विभिन्न ११ पालिकामा मंगलवारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई चिनियाँ भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ ।

काठमाण्डौ महानगरपालिकाले सूचना निकालेर भोलिदेखि २९ गतेसम्म भेरोसेल खोप लगाइने जानकारी गराएको छ । महानगरपालिकाका सहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भेरोसेलको पहिलो खोप लगाउनका लागि विभिन्न ३२ वटा वडामा ३२ केन्द्र तोकिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गएको १८ गतेको निर्णय र जिल्ला खोप तथा अनुगमन समिति काठमाण्डौको २३ गते आइतवारको निर्णयअनुसार कोरना भाइरसविरुद्धको भेरोसेलको पहिलो डोज लगाउन लागिएको हो । 

काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार भोलिदेखि काठमाण्डौ महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, दक्षिणकाली नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा भेरोसेलको पहिलो मात्रा ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाउन लागिएको हो । 

खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्दछ । चीनले कोरोना विरुद्धको भेरोसेलको १० लाख डोज अनुदानमा उपलब्ध गराएपछि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई यो खोप दिन लागिएको हो ।

 चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया