आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले पनि मूल्य समायोजन गरेको छ । आज विज्ञप्ति निकालेर निगमले वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको जनाएको हो ।
नियमित उडान सुरु भएपछि अरू गन्तव्यको हवाई भाडा पनि समायोजन गरिने निगमले जनाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य २० प्रतिशत घटाउने निर्णय गरेसँगै वायु सेवा निगमले भाडा घटाएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो ।
आयल निगमले हिजो हवाई इन्धनको मूल्य २० प्रतिशत घटाउने निर्णय गरेको थियो । यसअघि नेपालमा भरिने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अत्यधिक महँगो भएको भन्दै वायु सेवा निगमले मूल्य समायाेजनका लागि आग्रह गर्दै आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।