आजदेखि १० जिल्लामा निषेधाज्ञा थपियो, अरू जिल्लामा पनि लम्ब्याउने तयारी

 जेठ २४, २०७८ सोमबार १६:३८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेभिड १९ सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि आजदेखि थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञाको अवधि सकिएका १० जिल्लामा सम्बन्धित जिल्ला प्रशासनले आजदेखि निषेधाज्ञा थप गरेको गृह मन्त्रालयले जनाएको छ ।

बाँके, मोरङ, गुल्मी, बझाङ, कपिलवस्तु, ताप्लेजुङ, धनुषा, डोल्पा, म्याग्दी, सर्लाही जिल्लामा आजदेखि निषेधाज्ञाको अवधि सकिएको थियो । यी जिल्लामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ ।

अहिलेसम्म मनाङ र खोटाङबाहेक अरू ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । सप्तरी र ताप्लेजुङमा भने निश्चित क्षेत्र तोकेर आंशिक निषेधाज्ञा छ ।

मङ्गलवार (भोलि) देखि अरू १० जिल्लामा पनि विभिन्न मितिमा लगाइएको निषेधाज्ञा सकिँदैछ । यी जिल्लाले पनि कोरोना सङ्क्रमणको जोखिम नघटेकाले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।

हिमाली र पहाडी जिल्लामा सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय र उपत्यका तथा तराई–मधेशमा पाँच सय पुगेमा अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा लगाउने सरकारको नीतिअनुसार विभिन्न जिल्लाले निषेधाज्ञा थप्दै गएका छन् ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कोभिड सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश नै जारी गरेर सरकारले कैद र जरिबाना हुनेसम्मका व्यवस्था गरेको छ । सङ्क्रमणबाट जोगिन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्न सरकारले आग्रह गर्दै आएको छ ।   

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया