आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा चार हजार चार सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार दुई जनाकाे आरटी/पीसीआर र पाँच हजार नाै सय एक जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा चार हजार चार सय ७२ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या ६ लाख ६ हजार एक सय ५५ पुगेकाे छ ।
गएकाे २४ घण्टामा ६ हजार नाै सय ५१ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निकाे हुनेकाे सङ्ख्या चार लाख ९७ हजार नाै सय ६० पुगेकाे मन्त्रालयले जनाएकाे छ । अहिले काेराेना सङ्क्रमण निकाे हुने दर ८४ दशमलव २ प्रतिशत पुगेकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा प्राप्त विवरणअनुसार थप ९२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार नाै सय ९० पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।