खोप लगाउन जाँदा के–के कुरामा ध्यान दिने ?

 जेठ २४, २०७८ सोमबार १९:१९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन जाँदा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर नजिकको स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।  

त्यस्तै अनिवार्य नाक, मुख छोपिने गरी मास्क लगाउन, स्यानिटाइजर साथमै बोक्न, खोप लगाउने बेला पनि मास्क लगाइरहने कुरामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

साथै खोप लगाउन जाँदा छोटो बाहुला भएको अनि खुकुलो कपडा लगाएर जान र खोप लगाउने लाइनमा बस्दा दुई मिटरको भौतिक दुरी कायम राख्न मन्त्रालयको आग्रह छ । खोप लगाएपछि झन्डै आधा घण्टासम्म खोप केन्द्रमै बस्न र घर फर्किएपछि साबुनपानीले मिचिमिची हात धुन मन्त्रालयले भनेको छ । 

सरकारले काठमाण्डौ उपत्यकामा भोलिदेखि  ६० देखि ६२ वर्ष उमेर समूह र उपत्यका बाहिर ६२ देखि ६४ उमेर समूहका नागरिकलाई खोप दिने भएको छ । ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक चार लाखभन्दा धेरै छन् । उनीहरू सबैलाई  चीनबाट आएको खोपले दोस्रो डोज दिन पनि पुग्ने मन्त्रालयले जनाएको छ ।

चीनले केही दिनअघि अनुदानमा १० लाख डोज खोप पठाएको थियो । यसअघि पनि चीनले आठ लाख डोज खोप नेपाललाई अनुदानमा दिएको थियो ।  

 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया