काठमाण्डौ महानगरले निर्णय सच्यायो, खोप लगाउन जानेलाई चिया र बिस्कुट नदिने

 जेठ २५, २०७८ मंगलबार १०:४५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना विरुद्धको खोप लगाउन जानेहरुलाई चिया र बिस्कुट दिने निर्णय काठमाण्डौ महानगरपालिकाले सच्याएको छ ।

यसअघि सबै खोप केन्द्रमा खोप लगाएपछि केही समय आराम गर्ने र आराम गर्ने क्रममा दिक्क नहोस् भनेर चिया बिस्कुटको पनि व्यवस्थापन गर्ने निर्णय गरेको महानगरले स्वास्थ्य सुरक्षाको कारण भन्दै नदिने निर्णय गरेको हो । काठमाण्डौ महानगरपालिकाका जनप्रतिनिधि र सहरी स्वास्थ्य विभाग लगायतले भीडभाड नहोस् भनेर चिया बिस्कुट नदिने निर्णय गरेका हुन् । 

काठमाण्डौ महानगरपालिकासहित उपत्यकाका तीन वटै जिल्लामा ६० देखि ६४ वर्ष उमेरका व्यक्तिलाई आजदेखि कोरोना विरुद्धको खोप लगाइँदैछ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया