सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले माग्नुभयो विश्वासको मत

 जेठ २५, २०७८ मंगलबार ११:११:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत माग्नुभएको छ । अहिले चलिरहेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत माग्नुभएको हो । उहाँलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भएको छ ।

​नेपाली कांग्रेसले पनि मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने बताएको छ । जसपाले भने के गर्ने निर्णय गरिसकेको छैन । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदले भने मुख्यमन्त्रीको विपक्षमा मत दिने बताएका छन् । विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् । यस्तै माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया