रित्ता सिलिन्डर तत्काल भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

 जेठ २५, २०७८ मंगलबार १४:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रित्ता अक्सिजन सिलिन्डर तत्काल भरेर राख्न आग्रह गरेको छ । केही दिनयता कोरोना भाइरसको सङ्क्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै रित्ता अक्सिजन सिलिन्डर भर्न मन्त्रालयले आग्रह गरेको हो ।

खाली सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर व्यक्तिका घर, टोल, आइसोलेशन केन्द्र र अस्पतालमा भएका रित्ता सिलिन्डर जुन उद्योगको हो त्यही उद्योगमा भर्नका लागि उपलब्ध गराउन पनि आग्रह गरेको छ । साथै अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्याङ्क मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘अक्सिजन जस्ताे औषधिकाे रूपमा प्रयाेग हुने विषयलाई अनावश्यक रूपमा वितरण र प्रयाेगलाई प्राेत्साहन गरी मानिसकाे ज्यानै जाने जाेखिम हुने खालका कामहरू नगर्न नलगाउन सबैमा सचेत गराइन्छ’, विज्ञप्तिमा भनिएकाे छ । 

 

 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया