दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
रुपन्देही – लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा प्रदेशमा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । यस्तै कोरोनाबाट प्रभावित क्षेत्रका लागि सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र उद्योग स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रममा नेपाल पर्यटन बोर्डसँग समन्वय गरी नयाँ पर्यटकीय उपजसहितको पर्यटन विकास कार्यक्रम तयार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका माध्यमबाट प्रदेशमा पर्यटक आकर्षण गर्ने नीति लिइनेमा जोड दिइएको छ ।
लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रमकाे पूर्ण पाठ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।