बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – बेलायतका १६ सांसदले नेपाललाई कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामग्री तत्काल सहयोग गर्न आफ्नो सरकारसँग आग्रह गरेका छन् ।
कोरोनाको संक्रमण नेपालमा बढीरहेकाे भन्दै खोपसहित स्वास्थ्य सामग्री तत्काल सहयोग गर्न उनीहरुले आग्रह गरेका हुन् । १६ सांसदको तर्फबाट क्रिस्टी ब्ल्याकमेनले विदेशमन्त्री डोमिनिक राबलाई लेखेको पत्रमा नेपालमा तत्काल कोरोनाविरुद्धको खोप, अक्सिजन जेनेरेटर्स्, कन्सन्ट्रेटर लगायत अत्यावश्यक मेडिकल सामग्रीको सहयोग गर्न भनिएको छ ।
अहिलेको स्थिति नेपालका लागि मात्र ठूलो प्रकोप नभइ विश्वका लागि नै जोखिम भएको भन्दै सांसदहरुले बेलायत सरकारको ध्यानाकर्षण गराएका हुन् । यस्तै, सांसदहरुले नेपालमा संक्रमित भएकामध्ये ९७ प्रतिशतमा भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट देखिएको र यो द्रुत गतिमा फैलिँदै गएको पनि बताएका छन् । तर, नेपालमा कमजोर स्वास्थ्य पूर्वाधार, अक्सिजनलगायतको अभाव भएकाले रोकथाम तथा उपचार प्रभावित भएको भन्दै तत्काल सहायता गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।
नेपालमा संक्रमित दर ५० प्रतिशतको आसपास रहेको, कतिपय समुदायमा ९० प्रतिशतमा पुगेको तथा कुल जनसंख्याको सात प्रतिशतले मात्रै कोरोनाविरुद्धको पहिलो डोज खोप पाएको र दुई डोज खोप लगाउनेहरूको संख्या दुई प्रतिशत मात्रै रहेको उल्लेख गरिएको छ । यस्तै, उनीहरुले एक हप्ता भित्रै नेपाललाई खोप आपूर्तिका लागि ताकेता दिँदै हस्ताक्षर गर्नेको संख्या १० हजार पुगेको पनि पनि बताएका छन् ।
यस्तै, सयुंक्त राष्ट्रसंघले पनि दुई हप्ता अघि नेपालमा कोराेनाको नियन्त्रणका लागि आठ करोड ३७ लाख अमेरिकी डलर आवश्यक पर्ने घोषणा गरेको बारे पनि उनीहरुले स्मरण गराएका छन् । नेपालका गोर्खालीहरुले बेलायतलाई धेरै सहयोग गरेको र नेपालसँग बेलायतको लामो समयदेखिको मित्रताका कारण पनि बेलायतले नेपाललाई तत्काल सहयोग उपलब्ध गराउनु पर्नेमा जोड दिइएको छ । नेपाल सरकारले सहयोगको माग गरे पनि किन आपत्कालीन रुपमा सहयोग हुन सकेन भनेर उनीहरुले प्रश्न पनि गरेका छन् । १६ जना सांसदले हस्ताक्षर गरेको पत्रमा भनिएको छ –अप्ठेरो अवस्थामा भारतलाई निकै सहयोग गरे पनि त्यही भाइरसको भेरियन्टका कारण समस्यामा परेको नेपाललाई किन सहयोग गरेनौँ ? नेपाललाई सहयोगको तुरुन्तै आवश्यकता छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।