हिजोदेखि लगाउन सुरु भेरोसेल खोप क–कसले पाउने ?

 जेठ २६, २०७८ बुधबार ११:८:४१ | उज्यालो सहकर्मी

काठमाण्डाै – हिजोदेखि देशका धेरै ठाउँमा कोरोनाविरुद्धको भेरोसेल खोप दिन थालिएको छ । काठमाण्डौ उपत्यकामा ६० देखि ६२ र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकले यो खोप पाउने छन् ।

यो सँगै काठमाण्डौ उपत्यकामा पहिलो डोज भेरोसेल लगाएर दोस्रो डोज लगाउने बेलामा उपत्यका बाहिर गएका व्यक्तिहरुले पनि अहिले यो खोप पाउने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । यस्तै, यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी तथा इन्टर्न गर्नेहरु तथा तिब्बतसँग सिमाना जोडिएका जिल्लाका पालिकाहरुमा १८ वर्ष माथिका सबै व्यक्तिले पनि अहिले यो खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

हिमाली जिल्लाहरुमा यस अघिको ५५ वर्ष माथिको खोप कार्यक्रममा छुटेकाहरु पनि अहिलेको खोप कार्यक्रममा समेटिने छन् । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस र पहिलो खोप लगाएको भए खोप कार्ड आफूसँगै बोकेर लैजानु पर्दछ ।

चीनले केही दिन अघि अनुदानमा दिएको भेरोसेलको १० लाख डोज खोप अहिले लगाउन थालिएको हो । खोप आएपछि देशभरका ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई दिने भनिए पनि खोप अपुग हुने भन्दै काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिरका लागि ६२ देखि ६४ वर्षको उमेर समूहलाई दिने जनाएको हो । अहिले पहिलो खोप भेरोसेल पाएकालाई दोस्रो मात्रा दिन पुग्ने गरी उमेर समूह छुट्टाइएको हो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया