याङ्ग्री र लार्केमा तत्काल काम सुरु गर्न प्रधानमन्त्री ओलीकाे निर्देशन

 जेठ २७, २०७८ बिहीबार १४:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल काम सुरु गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक जानकारी लिएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

अहिले मेलम्चीबाट न्यूनतम प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि काठमाण्डाै उपत्यकामा कुल ५१ करोड लिटर पानी झार्न सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुन जाने जनसङ्ख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ । 

प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कामसमेत तत्कालै थाल्न निर्देशन दिनुभएको थियो ।  

उपत्यकावासीकाे लामो समय अघिदेखिको सपना पूरा गर्दै गएकाे चैत २१ गते देखि औपचारिक रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो । यद्यपि अहिले उपत्यकामा मेलम्चीकाे पानीकाे वितरण राेकिएकाे छ । प्राविधिक आवश्यकताअनुसार अब सुरुङको पानी पूरै खाली गरेर कुनै समस्या आए/नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । मन्त्रालयकाअनुसार अब सुरुङलाई पूरै खाली गर्न झन्डै १० दिन, परीक्षणका लागि केही दिन र पूरै पानी  भर्न १५ दिन गरी झन्डै एक महिना समय लाग्ने छ । 

त्यस अवधिका लागि अहिले काठमाण्डाै उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचनाअनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरूले दिएका छन् । वर्षा सुरु भएपछि झन्डै चार करोड लिटर पानी थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रैसँग चलाउन सकिन्छ’, बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले भने । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया