नेपाल पक्षका १७ जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधियो

 जेठ २७, २०७८ बिहिबार १७:३२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माओवादी केन्द्रको सरकारलाई साथ दिएका १७ जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षको सुदूरपश्चिम प्रदेश इन्चार्ज कर्णबहादुर थापाले पार्टीको निर्णय अटेरी गर्दै माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई साथ दिएको भन्दै माधव नेपाल पक्षका १७ जना सदस्यलाई चौबीस घण्टे स्पष्टीकरण सोध्नुभएको हो । चित्तबुझ्दो जवाफ नदिएमा या जवाफ नदिएमा कारबाही हुने पत्रमा उल्लेख छ ।

‘तपाईँले पार्टी एकतालाई विखण्डित गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षत–विक्षत पार्ने गरी अवैधानिक गुटगत भेलामा सहभागी हुने, अरुलाई समेत उत्प्रेरित गर्ने र विपक्षी पार्टीहरुसँग गठ–जोड गरी सरकारमा सहभागी हुने कार्य के–कति कारणले गर्नुभएको हो ?’, स्पष्टीकरण पत्रमा सोधिएको छ ।

यसअघि संसदीय दलका नेता प्रकाशबहादुर शाहले संसदीय दलको निर्णय नमानेको भन्दै ओली पक्षका सदस्यलाई स्पष्टीकरण सोधिसकेको छ ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया