आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने
माघ २४, २०८१ बिहिबार
माेरङ – प्रदेश १ सरकारले आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषरहित चुलोको परिकल्पना गरेको छ । नीति तथा कार्यक्रममा ‘मेरो कृषि मेरो पौरख’ प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम सञ्चालनमा ल्याउने, अर्गानकि कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
बीजयुक्त बाली, विषमुक्त भान्सा र अनिकालमुक्त चुलो कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारकाे याेजना छ । भान्साबाट विष हटाउने अभियानमा आमा समूहलाई परिचालन गरिने छ ।
त्यस्तै बाँझा सबै जमिन कृषि उत्पादनमा लगाइने, बाँझो जमिन प्रयोगमा ल्याउनेलाई प्रोत्साहन दिइने, प्राङ्गारिक तथा जैविक मल उत्पादनलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । कृषि अनुदानलाई निरन्तरता दिइने र चिया बजारलाई व्यवस्थित गरिने पनि भनिएको छ।
साथै नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्यमीलाई तालिम तथा सीपका लागि प्रबन्ध मिलाइने तथा खानीको अन्वेषण तथा उत्खनन गर्न सार्वजनिक निजी साझेदारीमा पहल गरिने भनिएको छ ।
बिहीवार प्रदेश १ को प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी' ले प्रदेश सरकारले आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रमको क्रममा तीव्र गतिमा काम गर्ने आधार अझै नबनेको बताउनुभएकाे छ । तीव्र गतिमा काम गर्ने आधार नबन्नुको मुख्य कारणमा प्रदेश निजामती सेवा ऐन, प्रदेश प्रहरी ऐन तथा प्रहरीको समायोजन र प्रदेशको छुट्टै आधार तयार नभएको भनिएको छ ।
यद्यपि सम्भावनायुक्त प्रदेशको रूपमा चिनाउने काम भएको भनिएको छ । प्रदेश सरकारले यसबीचमा जनसुरक्षा कोष परिचालन गरी कोभिड नियन्त्रण, राेकथाम र उपचारमा काम भएको उल्लेख गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।