स्वास्थ्य मन्त्रालयले खोप दिन सकेन, बाध्य भएर खाेप कार्यक्रम स्थगित गर्नुपर्‍याे : काठमाण्डाै महानगर

 जेठ २८, २०७८ शुक्रबार ६:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ । गएको मङ्गलवारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुनपुगेको हो । 

काठमाण्डाै महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले काठमाण्डाै महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि चलिरहेकाे कार्यक्रम बाध्य भएर रोक्नुपरेको बताउनुभयो । 

नेपाल सरकारलाई गएको हप्ता चीनले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई लगाउने कार्यक्रम बनाएको थियो । ‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौँ, अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नुपरेको छ’, जनस्वास्थ्य प्रमुख कुँवरले भन्नुभयो । अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको उहाँले बताउनुभयो ।

कार्यक्रमअनुसार काठमाण्डाै महानगरले गएको मङ्गलवारदेखि पाँच दिनसम्म उमेर समूहअनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले बिहीवार (हिजाे) सम्म झन्डै २८ हजार जनालाई खोप लगाइएको बताएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया