आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने
माघ २४, २०८१ बिहिबार
रसुवा – गङ्गा दशहरामा लाग्दै आएको गोसाईंकुण्ड मेला यो वर्ष पनि नलाग्ने भएको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले यो वर्ष पनि मेला नलागेको हो । गएकाे वर्ष पनि काेराेना कहरका कारण मेला सञ्चालन भएकाे थिएन ।
कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला सञ्चालन नगर्न आग्रह गरेको, सार्वजनिक यातायात सञ्चालन नभएको, पदमार्गमा सञ्चालनमा रहेका होटल पूर्ण रूपमा सञ्चालन नभएको कारणले मेला सञ्चालन नहुने भएको हो ।
केही वर्षअघिसम्म मेलाको अवसरमा मात्र तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय हिउँ पर्ने समयमा बाहेक अन्य समयमा तीर्थयात्री गोसाइँकुण्ड जाने गरेका थिए ।
रसुवाकाे पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईंकुण्डमा जनैपूर्णिमा र गङ्गा दशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरूले मेला भर्ने गरेका छन् । गोसाइँकुण्ड गाउँपालिका ५ मा पर्ने गोसाईंकुण्डमा मेला भर्नका लागि बर्सेनि हजारौँ तीर्थयात्री जाने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।