साउदीमा १५ जुनदेखि माग पत्र प्रमाणीकरण हुने

 जेठ २८, २०७८ शुक्रबार ११:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले १५ जुनदेखि पुन : माग पत्र प्रमाणीकरण गर्ने भएको छ ।

‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरणको काम १५ जुनदेखि पूर्ववत् सञ्चालनमा आउने दूतावासले जनाएको छ । 

माग पत्र प्रमाणीकरणका लागि जाँदा अब रोजगारदाता कम्पनीको ‘यूजर अकाउन्ट’मा पठाइएको माग पत्र स्वीकृति भएको म्यासेजको प्रिन्ट अनिवार्य गरिएको छ ।

दूतावासबाट प्रमाणीकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले अब अनलाइन प्रणालीमा अपलोड गरेकै कागजात दूतावासले नै प्रिन्ट गरी त्यसमा नै छाप लगाइदिने पनि दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया