नारायण वाग्ले, खगेन्द्र संग्राैलालगायत नागरिक अगुवा बालुवाटाबाट पक्राउ

 जेठ २८, २०७८ शुक्रबार १२:९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नारायण वाग्ले, खगेन्द्र संग्राैलासहितका १८ नागरिक अगुवा पक्राउ परेका छन् । आफूहरू बालुवाटारबाट पक्राउ परेको र अहिले कमलपोखरी प्रहरी वृत्तमा रहेको वाग्लेले उज्यालोलाई जानकारी दिनुभयो ।

सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गर्ने क्रममा आफूहरूलाई पक्राउ परेको वाग्लेको भनाइ छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायत विषयमा विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको उहाँले बताउनुभयो ।

नागरिक अगुवाहरूले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायत लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

निषेधाज्ञाको समयमा प्रदर्शनमा निस्किएकाले आफूहरूले प्रदर्शनमा लागेकाहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • राम थापा मन

    June 11, 2021, 12:36 p.m.

    अब सरकार पतन हुने पक्का हुनि भए पछी आफ्नो बचेखुचेको पावर लगाएर आफ्नो लाई मेडिकल कलेज खोल्न दिए पछी चुनावमा लगानी गर्दिन्छ्न नि त जनता र नागरिक अगुवा जान्नी हुनि

  •  0 Reply

तपाईको प्रतिक्रिया