सत्यमाेहन जाेशी बिरामी, अस्पतालमा उपचार हुँदै

 जेठ २८, २०७८ शुक्रबार १३:२२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाङ्‍मय शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी बिरामी पर्नुभएको छ । छाती दुखेपछि गएकाे बुधवार दिउँसो उहाँलाई किस्ट अस्पतालमा भर्ना गरिएको छ ।  

जाेशीकाे उपचारमा संलग्न डाक्टरका अनुसार अहिले उहाँको श्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको छ भने स्वास्थ्यमा पनि सुधार भइरहेको छ । 

​उहाँलाई एक/दुई दिन प्रत्यक्ष निगरानीमा उपचार गरेपछि घर पठाइने अस्पतालले जनाएको छ । 

तस्बिर : सुनील महर्जनकाे फेसबुकबाट 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया