पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
सिरहा – जनै पूर्णिको पानी भर्न सिरहाको बन्दीपुर–१, कमला नदीको उत्तरवाहिनी पुगेका एक जनाको कमला नदीले बगाएर ज्यान गएको छ भने दुईजना अझै बेपत्ता छन् ।
शनिबार दिउँसो नदीले बगाएका सिरहा औरही गाउँपालिका तुलसिपुरका २० वार्षीय कृष्ण महत्तोको ज्यान गएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा सिरहाको गोलबजार नपा ४ निपाने बस्ने १५ वर्षीय मन्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा रहेको प्रहरीले जनाएको छ ।
बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कृष्ण महत्तोको आइतबार बिहान कमला नदीको फाटक नजिकै शव फेला परेको हो । तीनै जनालाई नुहाउने क्रममा कमला नदीको बाढीले बगाएको थियो ।
अन्य एकजना बालकलाई पनि नदीले बगाएको र बालकको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।