कुलो निर्माणको क्रममा विवाद हुँदा दाङमा गोली चल्याे

 जेठ २८, २०७८ शुक्रबार १३:५३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - कुलो निर्माणको क्रममा विवाद हुँदा दाङको तुलसीपुरमा गोली चलेको छ ।

तुलसीपुर उपमहानगरपालिका-८ मा रहेको गतेखोला–बुटनियामा कुलो निर्माणको क्रममा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुलो निर्माणको क्रममा जग्गाकाे विषयमा विवाद हुँदा एक स्थानीयले भारतीय पेस्तोलबाट गोली चलाएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गोली चलाउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया