धनुषामा एउटै पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गयो

 जेठ २८, २०७८ शुक्रबार १४:४५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनुषा – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ मा एउटै पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गएको छ ।

दिउँसो साढे १२ बजे पौडी खेल्न गएका १० देखि १३ वर्ष उमेर समूहका उनीहरुको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पल्टु यादवका १२ वर्षकी छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतका १० वर्षकी छोरी चन्द्रकुमारी, राजगिर पूर्वेका १३ वर्षकी छोरी मञ्जु, जगरनाथ ठाकुरका १२ वर्षकी छोरी चान्दनी र उतिम साह तेलीका १२ वर्षकी छोरी ललितको ज्यान गएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र अहिले अरु बालबालिकाहरु पनि डुबेका छन् कि भनेर खोजी भइरहेको एसपी रानाभाटले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया