गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

 जेठ २८, २०७८ शुक्रबार १६:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि २९ गते दिउँसो ३ बजेसम्म आफ्नो दाबी पेस गर्न समय दिनु भएको हो ।

हिजोको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नु भएको थियो । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया