डन भनेर चिनिने गणेश लामा छुटे, दुई हजार रुपैयाँ जरिबाना

 जेठ २८, २०७८ शुक्रबार १६:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गुण्डा नाइके डन भनेर चिनिने गणेश लामा छुटेका छन् । उनी  दुई हजार रुपैयाँ जरिबाना तिरेर छुटेका कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । नेपाली कांग्रेस निकट लामालाई हिजो प्रहरीले पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो ।

गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका दीपक मनाङेलाई भेट्न गएका बेला लामा पक्राउ परेका थिए । लामालाई निषेधाज्ञा उल्लङ्घनको आरोपमा प्रक्राउ गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिबाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया