आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा रहेको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको आजको बैठकले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निर्णय गरेको हो ।
समितिका सदस्य एवं अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राखेर तत्काल वितरण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो । केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको अध्यक्षतामा भएको बैठकले शिक्षक तथा पुस्तक बिक्रेतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि आग्रह गरेको छ ।
आउँदो असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी भए पनि पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन । कोरोना महामारीका कारण पाठ्यपुस्तक ढुवानीमा समस्या भइरहेको छ । यसैगरी पाठ्यक्रम विकास केन्द्रले सूचना निकालेर स्वीकृत पाठ्यपुस्तक मात्रै बिक्रीवितरण र पठनपाठन गराउन र नेपालको नयाँ नक्सा समावेश भएका पुस्तक मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।