कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको विषयमा छलफल हुने

 जेठ २९, २०७८ शनिबार ७:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा आउँदो भदौमा गर्ने भनिएको १४ औं महाधिवेशनका विषयमा छलफल हुनेछ । छलफलमा पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाइएको छ ।

कोरोना महामारीकै बीचमा पनि कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने विषयमा सभापति देउवाले पदाधिकारीको राय लिनुहुनेछ । नेपाली कांग्रेसको महाधिवेशन पोहोर नै गर्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको छैन् । कांग्रेसले पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको छ र यो समय भदौमा समाप्त हुँदैछ  ।

वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सभापति देउवाले नियतवश महाधिवेशन गर्न नचाहेको भन्दै आलोचना गर्दै आइरहेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया