ओमान : श्रमिकको सहजताका लागि घुम्ती सेवा दिँदै दूतावास

 जेठ २९, २०७८ शनिबार १२:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकको सहजताको लागि घुम्ती सेवा दिने भएको छ ।

आउँदो जुन १५ अर्थात् असार ११ गते ओमानको दोफार प्रशासनिक क्षेत्रमा बिहान ११ देखि बेलुकी पाँच बजेसम्म घुम्ती सेवा दिन लागिएकाे ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । कोरोना महामारीका कारण अप्ठ्यारो परिस्थिति सिर्जना हुँदा भिसा, राहदानी नवीकरण लगायतका सेवा लिन नपाएका श्रमिकलाई उनीहरुकै क्षेत्रमा गएर सेवा प्रवाह गरिन लागिएको हो । बारेसानामा लगायत अत्यावश्यक कन्सुलर सेवा  पनि प्रदान गरिने दूतावासले जनाएको छ ।

यी सेवाहरु लिनको लागि आवश्यक कागजात तथा दस्तुर सम्बन्धी विवरणबारे दूतावासको वेबसाइट https://om.nepalembassy.gov.np/ मा गएर बुझ्न सकिने दूतावासले जनाएको छ । 

दूतावासका अनुसार दाेफार प्रशासनिक क्षेत्रकाे सलालामा घुम्ती सेवा प्रदान गरिने भए पनि उपयुक्त स्थान पछि ताेकिने छ । घुम्ती सेवाका लागि ९२०७५०७१ वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा फाेन गरेर पनि बुझ्न सकिनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया