काठमाण्डौ र ललितपुरबाहेक सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू

 जेठ ३०, २०७८ आइतबार ८:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम काठमाण्डौ र ललितपुरबाहेक सबै जिल्लामा लागू भएको छ । स्वास्थ्य बीमा कार्यक्रम आर्थिक वर्ष २०७२ र ७३ मा कैलाली जिल्लाबाट सुरु भएको थियो । 

स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउने लक्ष्यसहित सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । हरेक वडामा रहेका दर्ता सहयोगीमार्फत यो कार्यक्रममा सहभागी हुन सकिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । 

बीमा गर्न चाहने परिवारले आफ्नो घरमूली तथा अरु सदस्यको नागरिकता वा नेपाल सरकारबाट जारी परिचयपत्र अनिवार्य देखाएर परिवारका सबै सदस्यको स्वास्थ्य बीमा गर्न सकिने बोर्डले जनाएको छ । बीमा गर्न पाँच जनासम्मको परिवारलाई वर्षको ३ हजार ५ सय रुपैयाँ लाग्छ भने ५ जनाभन्दा धेरै सदस्य रहेको परिवारलाई वर्षको ७ हजार रुपैयाँ लाग्छ । बीमा गरेको परिवारले ५ जना सदस्य छ भने वर्षमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार पाउँछन् । 

५ जनाभन्दा धेरै सदस्य छन् भने थप सदस्यलाई २० हजारबाट सुरु भएर २ लाख रुपैयाँसम्म उपचार सुविधा पाइन्छ । यस्तै जेष्ठ नागरिकले १ लाख रुपैयाँसम्म स्वास्थ्य उपचार सेवा पाउनेछन् । स्वास्थ्य बीमामा सुविधा लिन हरेक वर्ष अनिवार्य नवीकरण गर्नुपर्छ । बीमा गरेका व्यक्तिले वहिरङ्ग, अन्तरङ्ग, आकस्मिक र अरु कक्षाबाट बीमा बोर्डले तोकेका उपचार सेवाहरु पाउनेछन् ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया