भ्याक्सिन लगाएका कुखुरा नै त्यही रोगबाट मर्न थालेपछि विदेशमा स्वाब लगेर परीक्षण गर्ने तयारी

 जेठ ३०, २०७८ आइतबार ९:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रानीखेतलगायत रोगविरुद्ध खोप लगाएका कुखुराहरु नै त्यसै रोगका कारण मर्न थालेपछि यसबारे थप अनुसन्धान सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरुले यसबारे थप अनुसन्धान गरिरहेका छन् ।

यस्तै पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहेको टोलीले पनि यसबारे थप अनुसन्धान गरिरहेको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो । रानीखेतविरुद्धको भ्याक्सिन नेपालमा पनि उत्पादन हुँदै आएको छ । एफ वान, लासोटा र आर टु बी भ्याक्सिनको प्रभावकारिताबारे समेत विज्ञहरुले अनुसन्धान सुरु गरेका छन् ।

यो वर्ष विभिन्न सरुवा रोगका कारण ६० लाखभन्दा धेरै कुखुराहरु मरेका छन् । अहिले लोकल कुखुरा, हाँस, गिरिराजलगायत कुखुराहरुमा बढी समस्या देखिएको र आवश्यक अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विज्ञहरुसँग पनि परामर्शका लागि स्वाब विदेश पढाउने तयारी भएको प्रवक्ता ढकालको भनाइ छ ।

कोरोना सङ्क्रमणका कारण समयमै स्वाब विदेश पठाउन ढिला भएको उहाँले बताउनुभयो । यस्तै पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहेको टोलीले भ्याक्सिन राम्रोसँग नलगाउँदा सबैभन्दा धेरै समस्या आएको निष्कर्ष निकालेको छ । राम्रोसँग भ्याक्सिन लगाउन सकियो भने जोखिम कम गर्न सकिने तर समस्या भने रहेको विभागका उपमहानिर्देशक डा.रामनन्दन तिवारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया