निषेधाज्ञामा दैनिक १० लाख यातायात मजदुर प्रभावित, झण्डै ४० लाख परिवार समस्यामा

 जेठ ३०, २०७८ आइतबार ११:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निषेधाज्ञाको समयमा दैनिक झण्डै १० लाख यातायात मजदुरको रोजगारी प्रभावित भएको छ । निषेधाज्ञाका कारण सार्वजनिक गाडी नचल्दा यातायात क्षेत्रमा आबद्ध १० लाख मजदुर प्रभावित भएका नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले यातायात व्यवसायमा आश्रित झण्डै ४० लाख परिवार समस्यामा परेका छन् । १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र पूर्ण रुपले प्रभावित भएको छ । झण्डै चार लाख गाडी थन्किँदा अर्बौँको नोक्सानी भएको व्यवसायीले बताएका छन् ।

महासचिव सिटौलाका अनुसार थन्किएका गाडी राखेकै ठाउँमा खिइने अवस्थामा पुगेका छन् । निषेधाज्ञाको समयमा गाडीको बीमा, ब्लु बुक नवीकरणलगायत यातायात क्षेत्रमा लाग्ने कुनै कर र शुल्क लिन नहुने र मजदुरहरुलाई सहुलियत दिनुपर्ने उहाँको माग छ । महासङ्घका अनुसार  अघिल्लो  वर्ष पनि लकडाउनका कारण साढे दुई लाख मजदुर प्रभावित भएका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया