प्रदेश १ को नीति तथा कार्यक्रम पारित : नारा र सपनाले मात्र समृद्धिकाे बाटाे बन्छ– मुख्यमन्त्री राई

 जेठ ३०, २०७८ आइतबार २०:२०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – प्रदेश सरकारले आउँदाे आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गएकाे जेठ २७ गते प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रस्तुत नीति तथा कार्यक्रममा संशोधन हाल्दै नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग राखेका थिए । अर्को बैठक आउँदाे असार १ गते दिउँसाे ३ बजेका लागि बोलाइएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नारा र कार्यक्रमलाई अन्यथा लिन नहुने बताउनुभएकाे छ । हरेक वर्ष नयाँ नारा मात्र आउने तर कार्यान्वयन नभएको भन्ने सांसदका गुनासामा उनले नारा र सपनाले मात्र समृद्धिको बाटो निर्माण गर्ने बताउनुभयाे । 

प्रदेश १ सभाको आठाैँ तथा बजेट अधिवेशनको साताैँ बैठकलाई सम्बोधन गर्दै नारा, सपना र आकाङ्क्षा नै नदेख्ने हो भने कुनै पनि काम गर्न नसकिने मुख्यमन्त्री राईकाे भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया