काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

 जेठ ३१, २०७८ सोमबार ७:३३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि फेरि सुरु हुँदैछ ।

यसअघि गएको २५ र २६ गते ६२, ६३ र ६४ वर्षका नागरिकलाई  खोप लगाएपछि अभाव भएको भन्दै महानगरपालिकाले रोकेको थियो । तर स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराएकाले आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्यपदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । यसअघि वडा-वडामा दिइएको खोप अब भने चार वटा अस्पतालबाट मात्रै दिइने छ ।

वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र सिभिल अस्पतालमा गएर खोप लगाउन सकिनेछ । आज र भोलि ६० र ६१ वर्षका नागरिक, यसअघि भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, र स्वास्थ्यकर्मीलाई खोप दिइनेछ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया