इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदै
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुर – गृहमन्त्रालयबाट गठित उच्चस्तरीय छानबिन टोलीले आइतबारबाट छानबिनको काम थालेको छ ।
गृहका वरिष्ठ सह सचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन टोलीले आइतबार बम परिवारको घर र घटनास्थलको अनुगमन र पीडित परिवारसँग घटनाका बारेमा सोधबुझ गरेकोे छ । निर्मला साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएका बेला हराएकी थिइन । उनको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले निर्मलाको बलात्कार र हत्याको अनुसन्धानमा तदारुकता नदेखाएपछि स्थानीयले त्यसको विरोध गर्दै आन्दोलन र प्रदर्शनलाई चर्काएका थिए । स्थानीय र निर्मलाका परिवारले बम दिदी बहिनीमाथी अनुसन्धान हुनुपर्ने माग राख्दै आए पनि तत्कालीन एसपी डिल्लीराज विष्टले आनाकानी गर्दै मानसिक अवस्था ठिक नभएका दीलिप विष्टलाई निर्मलाको बलात्कार र हत्याको अभियोगमा सार्वजनिक गरेपछि स्थानीयले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो ।
स्थानीयले प्रहरीको अनुसन्धानमा नै शंका गरेपछि गृहमन्त्रालयले प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानको छानबिनका लागि उच्चस्तरिय छानबिन टोली गठन गरी कञ्चनपुर पठाएको छ । टोलीले १५ दिनभित्र घटनाको छानबिन तथा अनुसन्धान गरेर गृहमन्त्रालयमा प्रतिवेदन पेश गर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।