राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भाेलिदेखि ओपीडी र आइसीयू सेवा दिन सुरु गर्ने

 जेठ ३१, २०७८ सोमबार १३:२०:३१ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ - दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भाेलिदेखि ओपीडी र आइसीयू सेवा फेरि सुरु गर्ने भएको छ । कोराेना भाइरसकाे तीव्र सङ्क्रमणका कारण प्रतिष्ठानले गएकाे वैशाख १९ गतेदेखि ओपीडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो ।

पछिल्लो समय कोरोना सङ्क्रमणको दर घट्दै गएकाले अन्य बिरामीलाई मध्यनजर गर्दै ती सेवाहरु सुरु गर्न लागिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

प्रतिष्ठानले आइसीयू सेवा समेत सुरु गर्ने र जटिल प्रकृतिका रोगका बिरामीहरुको उपचार गर्न सुरु गर्ने भएकाे छ। तर, प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, ज्येष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी आउन आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया