सोलुखुम्बुमा निर्माणाधीन तल्लो सोलु हाइड्रोपावर निर्माणको काम ...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - हिजोदेखिको लगातारको पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेको छ । नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी नदीमा पानीको बहाव बढ्दा म्याग्दीको घोरेपानी तथा नवलपरासीको अरुण नदी र आसपासका क्षेत्रमा जोखिम बढेको छ ।
कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्नसक्ने अनुमान गरिएको छ । पर्सि बिहीवारसम्म यी नदीहरुका तटीय क्षेत्रहरुमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
गएको जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ । आज पनि देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश-२, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
यी प्रदेशमा पर्ने नदीमा बाढी पहिरो आउनसक्ने हुँदा सतर्कता अपनाउन विभागको अनुरोध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।