सोलुखुम्बुमा निर्माणाधीन तल्लो सोलु हाइड्रोपावर निर्माणको काम ...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - एसईई आन्तरिक मूल्याङ्कनबाट गर्ने गरी सरकारले कार्यविधि सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कार्यविधिमा कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्ताङ्क दिएमा अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्था गरिएको छ । शिक्षकहरुले बढाइचढाइ अङ्क दिने प्रवृत्तिलाई रोक्न केही कसिलो प्रावधान राखिएको बोर्डले जनाएको छ ।
विद्यार्थीको मूल्याङ्कन गर्दा विद्यालयले सञ्चालन गरेको कक्षा १० को इकाई, त्रैमासिक, अर्धवार्षिक र अन्तिम परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कहरु र विषय शिक्षकद्वारा कक्षामा गरिएको निर्माणात्मक मूल्याङ्कनको आधारमा अङ्क दिने व्यवस्था गरिएको छ । बोर्डकाअनुसार प्रयोगात्मक परीक्षाका लागि छुट्याइएको पूर्णाङ्कका आधारमा विद्यालयहरूले सञ्चालन गरेको प्रयोगात्मक परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई नै मानिने छ ।
विद्यार्थीहरुको प्रयोगात्मक प्राप्ताङ्क चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाईमा पठाएको विवरणअनुसार अङ्क चढाउनुपर्नेछ । प्रयोगात्मक अभ्यास हुने विषयतर्फ विद्यालयले यसअघि सञ्चालन गरिएको परीक्षाका आधारमा ५५ प्रतिशत अङ्क प्रदान गर्नेछ । २० प्रतिशत पूर्णाङ्कमा विषय शिक्षकले मूल्याङ्कन गर्नेछन् ।
प्रयोगात्मक अभ्यास नहुने विषयमा भने विद्यालयले लिएको परीक्षाको आधारमा ७५ प्रतिशत अङ्क दिन पाउनेछन् । कक्षा सहभागिता, कक्षाकार्य, परियोजना कार्य, गृहकार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, प्रस्तुतीकरण, सामूहिक कार्य, लिखित तथा मौखिक इकाई परीक्षाहरू आदिको विद्यालयमा भएको रेकर्ड वा अभिलेखको आधारमा विषय शिक्षकले निर्माणात्मक मूल्याङ्कन गरी प्राप्ताङ्क विवरण तयार गरी प्रधानाध्यापकलाई पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी लगायतको काम गर्न सकिने बोर्डले जनाएको छ । कोरोनाका कारण गएको जेठ १३ गतेदेखि सञ्चालन हुने भनिएको एसईई स्थगित भएको थियो ।
हेर्नुहाेस् कार्यविधि :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shekh safraj
June 15, 2021, 10:50 a.m.I am the see student I want to know about result
Sushma Ghimire
June 15, 2021, 10:15 a.m.Tarahara