नयाँ शैक्षिक सत्र आजदेखि, ११ कक्षाको पढाइ भने भदौदेखि हुने

 असार १, २०७८ मंगलबार ७:४७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदैछ । कोरोना भाइरसको जोखिमका कारण गएको वर्ष जस्तै यसपालि पनि ढिलो गरी नयाँ शैक्षिक सत्र सुरु हुने लागेको हो ।  कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो । कोरोना सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक माध्यममार्फत पठनपाठनलाई अगाडि बढाउन लागिएको हो ।

आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइलाई अगाडि बढाउने शिक्षा मन्त्रालयले यसअघि नै भनिसकेको छ । आउँदो १५ गतेसम्म विद्यार्थीको अभिलेखीकरण राख्ने काम पूरा गर्नुपर्ने छ । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइनेछ । बालबालिकाको हातमा पाठ्यपुस्तक पुर्याउन निषेधाज्ञामा पनि पुस्तक खोल्न पाइने निर्णय भइसकेको छ । आजदेखि बिहान ११ बजेसम्म पुस्तक पसल खुल्ने छन् ।

कक्षा ११ को पठनपाठन भने भदौदेखि सुरु हुँदैछ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन सकेर साउन दोस्रो हप्तासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौदेखि नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, यस शैक्षिक सत्रमा विद्यालय तहको चार वटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रम अनुसारको पुस्तक अध्ययन गर्नेछन् ।
 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया