बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ ।
देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताउनुभयो । आज, भोलि र पर्सि आकाशलाई बादलले ढाक्ने भएकाले पानी परिरहने सम्भावना छ । शुक्रवारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् मानन्धरले बताउनुभयो । अहिले प्रदेश-२, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ ।
अहिले प्रदेश-१ का केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । लगातार पानी पर्दा बाढी पहिरोको जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम रोकथामका लागि ७७ वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वतयारी र प्रतिकार्यको तयारीमा रहन निर्देशन दिएको छ ।
जनशक्ति आकलन, खोज, उद्धार गर्न अवश्यक सामग्रीको जोहो तथा यस्ता सामग्री अपुग भए माग गर्न पनि प्राधिकरणले भनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।