यी ५१ कम्पनीको शेयर लगानी जोखिममा : धिताेपत्र बाेर्ड

 असार १, २०७८ मंगलबार १६:५८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धितोपत्र बाेर्डमा सूचीकृत विभिन्न ५१ वटा कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको देखिएको छ । धितोपत्र बोर्डले मङ्गलवार विज्ञप्ति निकालेर विभिन्न ५१ कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको जानकारी गराएको हो ।

बोर्डका अनुसार ५१ कम्पनीको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारलगायत कम्पनी रहेका छन् । शेयर बजार उच्च अङ्कमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । बजार सधैँ बढिरहने मात्र नभइ समय क्रममा घटबढ भइ रहने भएकोले यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु जोखिमयुक्त हुने बोर्डका प्रवक्ता निरज गिरीले बताउनुभएको छ ।

एक वर्षको अवधिमा कम्पनीहरूको मूल्य वृद्धि तीन सय प्रतिशत र त्यसभन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात एक सय र त्यसभन्दा धेरै भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अङ्कित मूल्य प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याङ्कनसमेतका आधारमा ५१ कम्पनीमा शेयर लगानी जोखिमयुक्त रहेको बोर्डले जनाएको छ । ​

 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया